• २२ मंसिर २०८१, शनिबार

रसुवामा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु

चरन तथा घाँसेबाली अनुसन्धान केन्द्र रसुवामा कार्यरत एक जना कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ४२ वर्षीय पुरुषको सोमबार राति केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत बुधबार जिल्ला अस्पताल रसुवामा भर्ना भएका उनलाई बिहीबार काठमाडौं लगिएको थियो। पहिलो पटक परीक्षण गर्दा कोरोना नेगेटिभ आएको उनको दोस्रो पटक परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। काठमाडौं घर भएका उनको परिवार केही वर्षदेखि रसुवामा नै बसिरहेका थिए । उनी चरनका स्थायी कर्मचारी थिए ।
रसुवामा हालसम्म १ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा १ सय १५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार हाल जिल्लामा ६ जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा १५ जना, आमाछोदिङ्मोमा १, कालिकामा ४५, उत्तरगयामा ३२, नौकुण्डका ९ र बाहिरी जिल्लाका १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जिल्लामा हालसम्म १ हजार ५ सय ६८ वटा स्वाव संकलन गरिएकोमा १ हजार ४ सय १४ नेगेटिभ र १ सय २१ पोजेटिभ आएको थियो ।





प्रतिक्रिया दिनुहोस्