• १० बैशाख २०८२, बुधबार

ठगी मुद्दामा फरार ब्येक्ती पक्राउ

ठगी मुद्दाका फरार ब्येक्ती पक्राउ परेका छन् । फरार व्येक्ति काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका ४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले १२ लाख ३० हजार रुपैयाँ जरिवाना तोकेकोमा रकम नतिरी फरार रहेका लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ३ बाट पक्राउ गरेको हो ।

लामालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्