• २९ जेष्ठ २०८३, शुक्रबार

कांग्रेसको भादृसंस्थाहरु द्धारा संसद बिघटनको बिरोधमा मसाल जुलुस

प्रधानमन्त्री केपी शर्मा ओलिले संबिधान बिपरित संसद विघटन गरेको भन्दै आइतबार साझ नुवाकोटको बट्टारमा मसाल जुलुस निकालिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भादृ संस्थाहरुले प्रतिनिधि सभा बिघटनको विरोधमा मसाल जुलुस निकालेका हुन । जुलुसमा सहभागीहरुले संसद पुर्नस्थापना हुनु पर्ने, असंवैधानिक कदम खारेज गर्नु पर्ने लगायत नारा लगाउदै निर्णय सच्याउन आग्रह गरेका छन् ।
यस्तै, संसद विघटनको बिरोधमा नेपाली कांग्रेसको भादृ संस्थाहरुले सोमबार बिदुरको लोकतान्त्रिक चौताराबाट त्रीशुली बजार सम्म बिरोध र्याली गरिने भएको छ । बिरोध कार्यक्रममा कांग्रेसको केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताए छन् । साथै, कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार माघ २४ गते शुभेच्छुक संस्थाको बिरोध प्रदर्शन र फागुन ३ गते जिल्लामा बिरोधको कार्यक्रम सञ्चालन हुने छन् ।





प्रतिक्रिया दिनुहोस्