• २५ पुष २०८१, बिहीबार

भागरथी हत्या अध्ययन गर्न डीआईजी सुवेदी घटनास्थलमा

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणबारे अध्ययन गर्न घटनास्थल तर्फ गएका छन् ।

घटनालाई गम्भीरतापूर्वक लिएर डीआईजी सुवेदी घटनास्थलबाट प्रमाण नहराउन् भन्ने उद्देश्यले थप अध्ययन र अनुसन्धानका लागि घटनास्थलतर्फ लागेको बताइएको छ । यसअघि नै अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगिसकेको छ ।

गत बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ 





प्रतिक्रिया दिनुहोस्