
नुवाकोटको तारकेस्वर गाँउपालिकाको वडा नम्बर ४ नेवारपानीमा एकैघरको पशुचौपाय एकै समयमा मरेका छन् । नेवारपानीका कृष्णबहादुर तिवारीको घरमा पालेको ८ वटा बाख्रा, एक खसी र एक लैनो भैसी मरेको छ ।
चरणबाट फर्किएपछि घरमै बाटामा राखेको पानी खाएपछि बाख्रा र भैसी भटाभट मर्न थालेको पिडित तिवारीको भनाई रहेको छ । उक्त पानी बिहान खुवाउँदा केहि नभएको तर बाख्रा चराएर फर्केपछि खादा मेरेको पिडितको भनाई रहेको छ । दिनभरी घरमा कोहि नभउको समयमा घरमा आएर कसैले पानीमा बिस मिसाएको हुनसक्ने आशंका स्थानियले गरेका छन् ।
८÷१० घरमात्रै रहेको नेवारपानीमा एकआपसमा कोही छिमेकीसंग बेमेल नरहेको स्थानिय गोविन्द तिवारीको भनाई रहेको छ । घरको आँगनमा गाईबस्तुलाई खुवाउन राखेको पानीमा बिस मिसाएको था भयो तर कस्ले कसरी कैफियत ग¥यो भन्ने एकिन गर्न नसकेको स्थानिय गोविन्द तिवारीको भनाई रहेको छ । प्रहरी र वडा अध्यक्षको रहोबरमा मरेको पशु चौपायलाई गाडीएको बताईएको छ ।
घटनाको बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।