• १ बैशाख २०८३, मंगलवार

महिलालाई दुर्व्यवहार गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व एसएसपी मल्ल पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ।

उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि मल्ललाई सोमवार लाई प्रहरीले पक्राउ गरेको हो। मल्ल नेपाल प्रहरीका पूर्व एसएसपी समेत हुन्।

प्रहरीले उनलाई अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाएको छ । प्रहरीले सोमबार नै मल्ललाई पक्राउ गरेपनि घटनालाई गुपचुप राख्न खोजेको थियो ।

तर पीडित पक्षले उद्योगमा आन्दोलन गरेर उद्योग बन्द गरेपछि प्रहरी बोल्न वाध्य भएको सिमेन्ट उद्योगका एक कर्मचारीले वताए।

मल्लले नै आतंक खडा गरेपछि कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौंडाको चुरियामाइस्थित सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका हुन ।

घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन्।





प्रतिक्रिया दिनुहोस्