• ४ चैत्र २०८१, मंगलवार

महान्यायाधिवक्ता अग्नी खरेलले दिए राजीनामा

प्रधानमन्त्री तथा नेपाल सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएका छन् ।

उनले राजीनामा पत्र लेखेर राष्ट्रपति कार्यालय पठाइसकेको स्रोतले बताएको छ । खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।

खरेल २०७४ फागुन ८ गते  महान्यायाधिवक्तमा नियुक्त भएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि निकै असहज महसुस गर्दै आएका खरेलले केही समयअघि राजीनामा दिन खाजेका थिए ।





प्रतिक्रिया दिनुहोस्