
डिब्बा गाडी भैंसेबाट हेटाैंडा जादै थियाे भने माेटरसाइकल चालक विपरित दिशा बाट अाउँदै थियाे । मकवानपुरकाे भिमफेदी गाउँँपालिका वडा नंं १ सानुटारमा शनिबार राति करिब १० बजे डिब्बा गाडी र माेटरसाइकल ठाेकिएर दुर्घटना हुँदा माेटरसाइकल चालककाे घटनास्थलमै मृत्यु भएकाे छ भने गाडीका चालक र सहचालक गम्भीर घाइते भएका छ्न् । स्थायी घर मकवानपुर गढी गाउँपालिका र हाल सिचाइ टाेलमा बसाेबास गर्दै अाएका वर्ष २४ का अनिश खड्गीकाे घटनास्थलमै मृत्यु भएकाे हाे । गम्भीर घाइतेलाई भरतपुर लगिएकाे छ भने सामान्य घाइते भएका उपचार पश्चात घर अाइसकेकाे भैंसे अस्थायी ट्राफिक पाेष्टका ट्राफिक प्रहरी जीवलाल भुषालले जानकारी दिनुभयो ।