बागमती प्रेस,२३ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ५४ जनाको मृत्यु भएको हो । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।
यस्तै सोही अवधिमा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।
एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् ।