
नुवाकोट,८ जेठ । शनिबार मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभामा विघटन गरेर देशमा मध्यावधी चुनावको घोषणा गरेसँगै विभिन्न राजनीतिक दलहरूले निर्णयको प्रतिवाद गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले राष्ट्र प्रमुख र सरकार प्रमुखले गरेको संसद विघटनलाई सबै राजनीतिक दलले मिलेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
पूर्वमन्त्री केसीले गए राति भएको संसद विघटन र देशमा मध्यावधी चुनावको घोषणालाई कोत पर्वको संज्ञा दिएका छन् ।
राष्ट्र प्रमुख र सरकार प्रमुखले गरेको संवैधानिक प्रावधानको उल्लंघनलाई सच्याउँदै प्रतिनिधि सभा विघठनको निर्णय फिर्ता लिनुपर्ने नेता केसीले बताए ।
प्रतिनिधि सभा विघठनले संविधान र लोकतन्त्रमाथि प्रहार भएको केसीको भनाई रहेको छ ।