• २५ पुष २०८१, बिहीबार

नुवाकोटको कुन स्थानीय तहले केन्द्रबाट कति बजेट पाए ? (हेर्नुहोस विवरण)

नुवाकोट, १६ जेठ । प्रदेश र स्थानीय तहले संघीय कोषबाट पाउने बजेट बाँडफाँड भएको छ । हिजो जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को लागि अध्यादेश मार्फत ल्याइएको बजेट प्रस्तुत गरेका थिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई  विभिन्न ४ शीर्षकमा अर्थ मन्त्रालयले  रकम बाँडफाँड गरेको छ ।

सो अन्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान रहेको छन् । यसैगरि हिजो प्रस्तुत भएको बजेट अनुसार नुवाकोटको १२ वटै स्थानिय तहमा गत अार्थिक बर्षमा भन्दा बढी बजेट रकम बिनियोजन भएको पाइएको छ । नुवाकोटमा संघिय बजेटको सबैभन्दा बढी विदुर नगरपालिकालाई विनियोजन भएको छ ।

नुवाकोटको बिदुर नगरपालिकालाई ६० करोड ३९ लाख रुपैयाँ बजेट दिइएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकालाई ४८ करोड ४५ लाख रुपैयाँ बजेट दिइएको छ । त्यस्तै ककनी गाउँपालिकालाई ३२ करोड २६ लाख, किस्पाङ गाउँपालिकालाई २४ करोड १४ लाख, तादी गाउँपालिकालाई २८ करोड २० लाख, तारकेश्वर गाउँपालिकालाई २३ करोड ४ लाख, दुप्चेश्वर गाउँपालिकाले ३१ करोड १० लाख रुपैयाँ अनुदान केन्द्र सरकारबाट पाएको छ ।
यस्तै पन्चकन्या गाउँपालिकाले २३ करोड ९२ लाख, लिखु गाउँपालिकाले २५ करोड ३२ लाख, शिवपुरी गाउँपालिकाले ३३ करोड ९ लाख, सुर्यगढी गाउँपालिकाले २४ करोड ५६ लाख, म्यागङ गाउँपालिकाले २५ करोड २८ लाख बजेट पाएको छ ।





प्रतिक्रिया दिनुहोस्