• ४ चैत्र २०८१, मंगलवार

विदुर नगरपालिका वडा नं ५ मा कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स र दिर्घ रोगिहरूको लागि औषधि निशुल्क

विदुर, १७ जेठ । नुवाकोटको विदुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव चित्रकारले कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स र दिर्घ रोगिहरूको लागि औषधि निशुल्क वितरण गर्ने बताएका छन् । पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण विदुर नगरपालिकाको वडा नं ५ मा पनि तिव्र रुपमा फैलिरहेकोले कोरोना संक्रमितलाई बोक्न वडाले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो । सोमबार वडा कार्यालयको सुचना प्रकाशित गर्दै दिर्घकालिन रोगहरु( मुटु, उच्च रक्तचाप, मधुमेह, दम) आदिको नियमित औषधी सेवन गर्ने अशक्त असाहय र गरिबहरुको लागि निशुल्क औषधी उपलब्ध गराउने वडाध्यक्ष शिव चित्रकारले जानकारी दिए । कुनैपनि बेला जोसुकैलाई पनि एम्बुलेन्स वा वडाको कुनैपनि सहयोगको आवश्यकता परेमा वडामा सम्पर्क गर्न वडाध्यक्ष चित्रकारले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्