रसुवा, २० जेठ । रसुवा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचित पूर्व संसद तथा नेपाली काँग्रेसका नेता मोहन आचार्यले नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् ।
पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड-१९ को संक्रमण नुवाकोटमा पनि तिव्र रुपमा फैलिरहेको र नियन्त्रण गर्न त्रिशुली अस्पताललाई हम्मेहम्मे परिरहेको अवस्थामा काँग्रेस नेता आचार्यले स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
नेता आचार्यले विहिवार त्रिशुली अस्पताललाई एबिजी मेसिन १ थान, सर्जिकल माक्स १ हजार, र मिनिभ्यान्टिलेटर २ थान लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको पूर्व संसद आचार्यका स्वकिय सचिव सुनिल पौडेलले बाग्मती प्रेसलाई जानकारी दिए।
त्यस्तै, आचार्यले रसुवामा पनि जिल्ला प्रशासन कार्यालय रसुवालाई अस्पतालमा प्रयोगमा ल्याउने गरि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् । काँग्रेस नेता आचार्यले आफ्नै निर्वाचन क्षेत्र रहेको तथा गृह जिल्ला रसुवामा मिनि भ्यान्टिलेटर ४ थान, अस्पतालमा प्रयोग हुने वेड ५ वटा, र सर्जिकल माक्स ३ हजार वितरण गरेका छन् । नेपाली काँग्रेसका नेता मोहन आचार्य विकासशील र जनप्रिय समाजसेवीका रुपमा जनतामा चर्चित छन् ।