• ४ चैत्र २०८१, मंगलवार

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा दक्ष स्वास्थ्यकर्मी नहुँदा कोरोना नियन्त्रणमा समस्या


नुवाकोट, २८ जेठ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा दक्ष स्वास्थ्यकर्मी नहुँदा कोरोना नियन्त्रणमा भइरहेको छ।

नुवाकोटको १२ वटा स्वास्थ्य तहमा भौगोलिक रूपमा विकट रहेको दुप्चेश्वर गाउँपालिकामा पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण नियन्त्रणमा दक्ष डाक्टरहरुको अभाव भएको गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङ्गले जानकारी दिए ।

सरकारले देशभरिको प्रत्येक स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको भएपनि नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा एक जना पनि डाक्टर नभएको अध्यक्ष तामाङ बताउँछन् ।

कोरोना नियन्त्रणमा कतैबाट पनि कुनै किसिमको सहयोग नआएको दुप्चेश्वरमा गाउँपालिका आफैँले आन्तरिक स्रोतबाट कोरोनाको नियन्त्रण तथा उपचार गरिरहेको छ । एउटा सिंगो पालिकामा नै एक जना पनि डाक्टर नहुँदा कोरोना संक्रमणको उपचार तथा नियन्त्रणमा समस्या भइरहेको भएतापनि कतैबाट समन्वय हुन सकेको छैन ।

केन्द्रीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको दुप्चेश्वरको समस्यालाई प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको देखिन्छ ।

नुवाकोटबाट राजनीति गरेका राजनीतिज्ञहरु प्रदेशमा उपसभामुख र मन्त्री जस्तो गरिमामय पदमा भएपनि नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समस्या संबोधन हुन सकेको छैन ।





प्रतिक्रिया दिनुहोस्