• २४ मंसिर २०८१, सोमबार

शिवपुरी रेडक्रस र केसी परिवारद्वारा नुवाकोटको दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण

नुवाकोट,१ असार ‌। शिवपुरी रेडक्रस उपशाखा र नेपाली काँग्रेस नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीको परिवारले नुवाकोटको दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिकामा स्वास्थ्यसामग्रीहरु वितरण गरेको छ ।

पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको उपचार तथा नियन्त्रणमा समस्या नहोस् भनेर रेडक्रस सँगको समन्वयमा केसी परिवारले दुप्चेश्वर र शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको बताइएको छ ।

शिवपुरी रेडक्रस उपशाखा र केसी परिवारद्वारा दुबै गाउँपालिकामा ३/३ थान अक्सिजन सिलिन्डर,५००/५०० थान सर्जिकल माक्स, ५०/५० थान पिपिई, १००/१०० थान पन्जा, ५/५ लिटर स्यानिटाइजर, ५०/५० थान N 95, ५०/५० थान फेस सिल्ड लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीका स्वकिय सचिव सरोज केसीले जानकारी दिए।

दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार हेल्थ पोष्ट र शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत स्वास्थ्य केन्द्रमा गइ स्वास्थ्यसामग्रीहरु वितरण गरेको सरोज केसीले बताए ।





प्रतिक्रिया दिनुहोस्