• १३ असार २०८३, शनिबार

नेपाली काँग्रेस नुवाकोटले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पिडितलाई आर्थिक सहयोग गर्ने

नुवाकोट ,६ असार । नेपाली कांग्रेस नुवाकोटले सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु क्षेत्रका बाढीपहिरो पीडितको आर्थिक सहयोग गर्ने भएको छ ।

मेलम्ची क्षेत्रका बाढी र पहिरोबाट पीडित नागरिकलाई केही राहत मिलोस भनेर एक लाख पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीशश्वर नरसिंह केसीले जानकारी दिए ।

मेलम्ची बासीको सहयोगार्थ कांग्रेस नुवाकोटले, ‘विपत्तिको साथी कांग्रेस, जनताको साथी कांग्रेस’ भन्ने नारा तय गर्दै सम्पुर्णलाई सहयोग लागि अपिल गरेको छ।

गत मंगलबार मेलम्चीमा अबिरल वर्षापछिआएको बाढीबाट सयौं घर क्षतविक्षत भएको छ भने ठूलो धन क्षति भएको छ ।





प्रतिक्रिया दिनुहोस्