• ३ फाल्गुन २०८२, आईतवार

युथ फर नेसनका संस्थापक सदस्य ढकालको नेतृत्वमा सिन्धुपाल्चोकको हेलम्बुमा स्वस्थ्य शिविर सम्पन्न

नुवाकोट, ७ असार । युथ फर नेसनको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु वडा नं २ मा स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

युथ फर नेसनका संस्थापक सदस्य अच्युत ढकालको नेतृत्वमा हेलम्बु क्षेत्रमा २ दिने स्वस्थ्य शिविर सम्पन्न भएको बताइएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट पिडित बनेका मानिसहरुलाई यस्तो समयमा रोगको महामारी हुन सक्ने सम्भावना बढी हुने भएकाले स्वास्थ्य शिविर आयोजना गरिएको संस्थाले जनाएको छ ।

असार ६ र ७ गते सन्चालन गरिएको स्वास्थ्य शिविरमा हेलम्बु वडा नं २ का १ सय ५० घर परिवारको स्वास्थ्य परीक्षण गरिएको युथ फर नेसनका संस्थापक सदस्य अच्युत ढकालले जानकारी दिए ।

साथै शिविरमा अत्यावश्यक औषधिहरु पनि वितरण गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्