• १ फाल्गुन २०८२, शुक्रबार

सुर्यगढी गाउँपालिकाको गाउँसभा भोलि हुने

नुवाकोट, ९ असार । नुवाकोटको सुर्यगढी गाउँपालिकाको गाउँसभा भोलि हुने भएको छ ।

भोलि हुने गाउँसभाबाट आर्थिक वर्ष २०७८/७९ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।

गाउँसभाले पूर्वाधार विकासलाई प्राथमिकता दिएर नीति कार्यक्रम सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए।

भोलीको सभामा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

स्थानीय सरकारको अन्तिम पाँच वर्षको यो गाउँसभालाई नगरबासीले पनि चासोका साथ हेरेका छन् ।





प्रतिक्रिया दिनुहोस्