नुवाकोट,१३ असार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालय तोडफोड गरिएको छ ।
शनिवार राती सातबजपछि वडा कार्यालय तोडफोड गरिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । तोडफोडबाट वडा कार्यालयको डिजिटल बोर्डमा क्षति पुगेको छ ।
तोडफोडबाट करिव ५० हजार रुपैयाभन्दा बढीको क्षति भएको उनले बताए ।वडा कार्यालय स्थानिय श्याम मगराती भन्ने व्यक्तिले तोडफोड गरेको स्थानियवासीले बताएका छन् ।

उनको अहिले खोजी भइरहेको छ।