• १० बैशाख २०८२, बुधबार

संक्रमितलाई पोषण भत्ता, मृतक परिवारलाई काजक्रिया खर्च

ककनी गाउँपालिकाले कोरोना भाइरस संक्रमितलाई पोषण भत्ता र संक्रमित भई मृत्यु भएका परिवारलाई काजक्रिया खर्च वितरणको कार्य थालनी गरेको छ ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भए पश्चात संक्रमित भएका व्यक्तिहरुलाई ५ हजार रुपैयाँ र मृतकका परिवारलाई २५ हजार रुपैयाँ गाउँपालिकाले उपलव्ध गराउने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार गाउँपालिकाले शनिवार ३ वटा वडाका संक्रमित नागरिकहरुलाई रकम उपलव्ध गराएको कोरोना भाइरस व्यवस्थापन समितिका सदस्य शंकर नेपालीले बताए । उनका अनुसार वडा नम्बर ४ का १८ जना, वडा नम्बर ६ का ४ जना र वडा नम्बर ७ का ५ जनालाई रकम उपलव्ध गराइएको हो । ती मध्ये वडा नम्बर ४ का २ जना र वडा नम्बर ६ का १ जना कोरोना भाइरसबाट मृतकको परिवारलाई काजक्रिया खर्च वितरण गरिएको नेपालीले जानकारी गराए l

कोषमा रहेको रकमबाट नै काजक्रिया खर्च र पोषण भत्ता वितरण गरिने गाउँपालिकाका अध्यक्ष लामाले बताए । पोषण भत्ता र काजक्रिया खर्च बापतको रकम सम्वन्धित व्यक्तिको घरमा या टोल सम्मै पुगेर वितरण गर्ने कार्य सुरु गरिएको अध्यक्ष लामाले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्