• २२ भाद्र २०८१, शनिबार

मूल्य वृद्धिको बिरोधमा उत्रिएका विद्यार्थीमाथी प्रहरी दमन, शसस्त्रले हातै भाचिदिए

चर्को मुल्य बृद्धिको बिरोधमा संयुक्त बिद्यार्थी संगठन नुवाकोटले गरेको मसाल जुलुस सहितको बिरोध कार्यक्रममा शसस्त्र प्रहरीले बिद्यार्थी नेताको हात भाचिदिएका छन् । शान्तिपुर्ण रुपमा गरिएको बिरोध कार्यक्रममा प्रहरीले लाठी प्रहार गरी बिद्यार्थी नेता बिनोद कोईरालाको  दाँया हात भाचिदिएका हुन् ।
नुवाकोट आदर्श बहुमुखि क्याम्पस अगाडीबाट मसाल सहित सडकमा निस्किएका युवाहरुले सरकारको रबैया गलत रहेको भन्दै नाराबाजि समेत गरेका छन् । नेपाल विद्यार्थी संघ,अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सहितको संयुक्त विद्यार्थी संगठनले केपी ओली नेतृत्वको सरकार राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट मसल जुलुस निकालेका हुन् । 
करिब एकसयभन्दा बढीको संख्यामा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध चर्का नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् । ओली नेतृत्वको सरकारले गरेको संसद विघटनजस्तो असंवैधानिक कदम, महंगी, कालोबजारी नियन्त्रणमा असफलता, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, चुरेमाथी सरकारले दोहन गर्न लागेको विषयलगायत सरकारले गरिरहेको एकपछि अर्को जनविरोधी निर्णयहरु रोक्नुपर्ने र त्यसलाई सच्याउन माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन् । 
शान्तिपुर्ण आन्दोलनमा शसस्त्र प्रहरीले देखाएको रबैयाको बिरुद्धमा बिद्यार्थी संगठनहरुले मसाल जुलुसको कार्यक्रमपछि पनि टायर बालेर सडक अबरुद्ध पारेका थिए ।
कार्यक्रममा संयुक्त बिद्यार्थी संगठनका नेताहरु उद्धब पनेरु, शंकर पाण्डे , प्रभास सुवेदी, ओमप्रकाश श्रेष्ठलगायतले सरकारकै संरक्षणमा कालोवजारी बढ्दै गएको आरो लगाएका छन् । शान्तिपुर्ण रुपमा बिद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरी दमनको बिरोध गर्दै बिद्यार्थी नेताहरुले आगामी दिनको आन्दोलन जारी रहेको घोषणा गरेका छन् । 





प्रतिक्रिया दिनुहोस्