• १० बैशाख २०८२, बुधबार

न्युनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट नुवाकोटको त्रिशुली अस्पतालको लापरबाहीले नवजात शिशुको मृत्यु

नुवाकोट, २२ असार । न्युनतम सेवा मापदण्डमा देशकै देशकै उत्कृष्ट भनिएको नुवाकोटको त्रिशुली अस्पतालको लापरवाहीले मंगलबार विहान एक नवजात शिशुको मृत्यु भएको छ ।

मंगलवार विहान त्रिशुली अस्पतालमा प्रशव बेथा लागेर अस्पतालमा सुत्केरी गराउन आएकी विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी आरती मगरले अस्पतालमा बत्ती नभएकै कारण बच्चा गुमाउनु परेको हो ।

आज विहान करिव ३ बजेतिर अस्पतालमा सुत्केरी गराउन आइपुगेकी आरतीलाई बत्ती नभएको र शल्यक्रियाबाट उपचार गर्न नसक्ने भन्दै डा. मधुकर फर्काएको आरतिका श्रीमान नकुल मगरले जानकारी दिएका छन । पिडित पक्षले अस्पतालकै लापरवाहीको कारण बच्चा गुमाउन परेको भन्दै अस्पताल प्रशासनले घटनाको दोषीलाई कारवाहीको माग गरेका छन् ।

अस्पतालमा बत्तीको लाईन काटिएको र १२ घण्टा लगातार जेनेरेटर चलाउँदा इन्धन अभावका कारण अस्पतालमा दुखद घटना घटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए ।

अस्पतालमा दक्ष जनशत्तिको पनि अभावका कारण यस्ता घटना घटिरहेको भन्दै सबैले पहल गरेर जनशत्ति व्यवस्थापन गर्नुपर्ने डाक्टर पाण्डेको भनाई रहेको थियो ।

Trishuli Hospital




प्रतिक्रिया दिनुहोस्