• २९ बैशाख २०८२, सोमबार

नुवाकोटको विदुरमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि , बजार अनुगमनमा लापरवाही



नुवाकोट, २६ असार । नुवाकोटको सदरमुकाम विदुरको बजार क्षेत्रमा लकडाउनसँगै म्याद गुज्रिसकेका खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण भइरहेको जनगुनासो बढे पनि अनुगमन प्रभावकारी हुन सकेको छैन ।

खासगरी सदरमुकाममा रहेको किराना पसलहरुले लकडाउनको फाइदा उठाउँदै म्याद सकिएको दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा अत्याधिक वृद्धि गरेपनि सरोकारवाला निकायले यसलाई गम्भिरताका साथ नलिग्दा उपभोक्ता मारमा परेका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा निषेधाज्ञा जारी गरिएको छ । नुवाकोटको मुख्य बजार क्षेत्रहरुमा खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको छ ।

केही समय अघि नुवाकोट प्रशासनले गरेको अनुमनमा पनि ठूला र धनाढ्य व्यापारीहरुको पसलमा आँखा समेत नलाएर साना किराना पसलहरुमा मात्र अनुगमन गरेर म्याद सकिएको खाध्यान्न सामग्री नष्ट गरेको थियो ।

नुवाकोटमा जिल्ला प्रशासन कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्दा उपभोक्ता ठगि भइरहेका छन भने व्यापारी र विचौलियाहरु राजनीतिक आडमा बसिरहेका छन् । यसरी ठुला र साना व्यापारी बिच भेदभावपूर्ण तरिकाले बजार अनुगमन हुँदा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल भने मौन बसिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्