• २२ भाद्र २०८१, शनिबार

उपत्यकाका प्रजिअहरुको बैठक १ बजे बस्दै

काठमाडौं: काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलेजानकारी दिए । अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउनेमा बैठकले निर्णय गर्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए।
दिउँसो बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समीक्षा हुनेछ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्