काठमाडौं: नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा आउने भएको हो ।
अब साउन महिनाबाटै कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्म भने मासिक ३ हजार वृद्धभत्ता रहेको थियो ।