• २ श्रावण २०८२, बिहीबार

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

पोखरा: पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।

मेयर जिसि अचानक बिरामी भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन् । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पताल लैजाने तयारी भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । उनी सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएको छ ।

मेयर जिसीको प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मणिपाल हस्पिटलबाट थप उपचारको लागि अहिले काठमाडौं लैजाने तयारी गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्