• ९ माघ २०८१, बुधबार

ज्योतिष सुरेशचन्द्रको दाबी:आज कार्यसिद्धिको योग छ

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने योग रहेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन्।प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्।

यसै सन्दर्भमा ज्योतिष रिजालले आज देउवाको कार्यसिद्धिको योग रहेको बताए।

२७ गतेबाट शुरू भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिनु उत्तम रहेको रिजालले स्पष्ट पारेका छन्।





प्रतिक्रिया दिनुहोस्