नुवाकोट, ५ साउन । नुवाकोटको तारकेश्वर गाउँपालिका-३ मा म्याद नाघेको खाध्यान्न सामग्री बिक्रीवितरण भइरहेको छ ।
गाउँपालिकाको वडा नं. ३ मा किराना तथा होटल व्यवस्थापनमा मिति नाघेको खाध्यान्न तथा सुर्ती र मदिराजन्य सामग्रीहरु बिक्रीवितरण भइरहेको वडामा निवेदन दर्ता भएसँगै वडाले व्यवसायीलाई चिठी लेखेको छ ।
व्यवसातीको त्रासमा बजार अनुगमन गर्न नसकेको स्थानीय तहले चिठी लेखेर सुचनालाई अटेर गरी म्याद नाघेको खाध्यान्न सामग्री बिक्रीवितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने कागजी धम्की दिएको छ ।
बजारका व्यवसायीहरु राजनीतिक पहुँचको आधारमा चल्दा कालोबजारी र म्याद नाघेको खाध्यान्न बेचेर उपभाेक्ता ठगी गर्नेलाई स्थानीय तहले नै संरक्षण गरेर राखेको वडा नं ३ का स्थानियहरु बताउँछन् ।
व्यवसायीहरु भने आफूहरुले म्याद नाघेको खाध्यान्न य बिक्री वितरण नगरेको दाबी गरिरहेका छन् ।