काठमाडौं, ७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईटजडान गरी आजदेखि सञ्चालनमा आएको छ ।
ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्राणलीसँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका वीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
बिहीबार जडान गरिएको नयाँ बत्ती एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए ।
प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडकमा अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको उनको भनाइ छ।
पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखालेखेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे।उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानियनिकायका सदस्यर अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
भट्टराईले भने, ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लैजान प्रयासरत छौँ, सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघसंस्था, बैंक वित्तीय कार्यलयहरूसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौँ।’
कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए।