• १० बैशाख २०८२, बुधबार

अब अनलाइनमा नाम दर्ता गर्नेले मात्रै कोरोनाविरुद्धको खोप पाउने

काठमाडौं,१० साउन । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ। काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए।

अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार उक्त निर्णय भएको प्रमुख खड्काले बताए। सो उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत उनले आग्रह गरेका छन्। यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए।

यसअघि ५० वर्षभन्दा माथिका नागरिकले खोप पाएको उनले बताए। ‘क्रमशः उमेर समूह झर्दै जान्छ,’ उनले भने, ‘अब ४५ देखि ४९ वर्षका नागरिकलाई खोप दिइन्छ।’ 

१८ वर्षभन्दा माथिका नागरिकले  https://vaccine.mohp.gov.np  मा गएर अनलाइन दर्ता गर्न सक्ने उनले बताए।





प्रतिक्रिया दिनुहोस्