• २२ भाद्र २०८१, शनिबार

नुवाकोटमा फेरि बढ्न थाल्यो कोरोना संक्रमणको दर, दोस्रो लहरमा ३७ जनाको मृत्यु

Trishuli Hospital

नुवाकोट, १० साउन । नुवाकोटमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । गत महिनाको तुलनामा कोरोना संक्रमणको स्थिति नुवाकोटमा फेरी बढ्न थालेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा शनिबार ४३ जना संक्रमित थपिएका छन् । भने २० जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्याङक अनुसार नुवाकोटमा १ सय ४३ जनाको स्वाब परिक्षण भएकोमा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५९ जनाको आरटी पीसीआर र ५५ जनाको एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ४ सय ३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २९ पुरुष र १४ जना महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिए। हालसम्म २२ हजार ४ सय ८७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नको लागि आग्रह गरेको छ । स्वास्थ्य मापदण्डमा हेलचेक्राई गर्दा अवस्था भयावह हुनसक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

सूचना अधिकारी खनालका अनुशार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा १८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, ककनी गाँउपालिकामा ९ जना, तारकेश्वर गाँउपालिकामा ६ जना, बेल्कोटगढी नगरपालिका र तादी गाँउपालिकामा समान ३÷३ जना, लिखु गाँउपालिकामा २ जना संक्रमित थपिएका छन् । यस्तै, म्यागङ गाँउपालिका र पञ्चकन्या गाँउपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ५३ जना रहेका छन् । जसमा ३ सय २४ जना पुरुष र २ सय २९ जना महिला रहेका छन् । सक्रिय कोरोना संक्रमित मध्ये ४ सय ९४ जना होम आइसोलेसनमा, ३७ जना अस्पतालमा र २५ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा २० जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ८ सय ४८ जना पुगेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये ३६ जनाको कोरोनाको दोश्रो भेरियण्टवाट ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्