नुवाकोट, १२ साउन । त्रिशुली अस्पताल नुवाकोटले आफ्नो ५७ औं बार्षिकोत्सवको अबसरमा अस्पताल लाई सहयोग गर्ने दाताहरुको नाम सार्वजनिक गरेको छ ।
जस्मा संस्था र व्यक्ति गरेर जम्मा २७ जनाका्े मात्र नाम सर्वजनिक गरेको गरेको छ। मास्क र सेनिटाईजर लगाएत कम मुल्य पर्ने सामाग्री सहयोग आएको व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने तर लाखौं रकम र लाखौं रकम बराबरको सामानको सहयोग आएको व्यक्ति वा संस्थाको नाम किन सार्बजनिक नगरेको भन्दै अस्पतालका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेण्ट लाई सामाजिक संञ्जाल मार्फत नुवाकोटका सामाजिक संजाल प्रयोगकर्ता हरुले आक्रोस पोखेका छन् ।
सहयोग गर्नेको सुची सार्वजनिक गरे संगै फेसबुकमा विभिन्न नकारात्मक टिप्पणीहरु आएपछि सोही बिषयमा यूवा समाजसेवी शंकर पाण्डे लगाएतका यूवाहरु संग मेडिकल सुपरिन्टेन्डेण्ट डा. दिपेन्द्र पाण्डे संग छलफल गरेपछि सो सुची सच्चाएर अहिले नयाँ सुची सार्बजनीक गरेको छ तैपनी अझै सहयोग गर्ने सबै दाताहरुको नाम भने सार्बजनिक गरेको छैन।