• २२ भाद्र २०८१, शनिबार

बर्षाका कारण नुवाकोटको विदुरमा पहिरोले सडक अबरुद्ध

नुवाकोट, १३ साउन । नुवाकोटमा ठुलो बर्षाका कारण बुधबार विभिन्न ठाउँमा पहिरो गएको छ ।

नुवाकोटको सदरमुकामस्थित विदुरमा बुधबार बर्षा सँगै आएको पहिरोले सडक अबरुद्ध हुन पुगेको हो ।

विदुर बाट बट्टार जाने सडक खण्डमा पर्ने खोल्सामा आएको भेलले पुरै सडक बगाउँदा आवतजावत बन्द भएको हो ।

हाल उक्त ठाउँमा कुनैपनि सवारी साधन आवतजावत हुन नसकेको जानकारी आएको छ ।





प्रतिक्रिया दिनुहोस्