• ३० फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीको बधाई

काठमाडौं : शेरबहादुर देउवालाई चीनका प्रधानमन्त्री ली खछ्याङले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन्। 

चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई  बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका हुन्। 

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन्।  साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। 

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश बुधबार परराष्ट्रका अधिकारीलाई बुझाएकी हुन्। 





प्रतिक्रिया दिनुहोस्