• १३ असार २०८३, शनिबार

नुवाकोटमा आजदेखि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाडौं, १५ साउन । नुवाकोटमा शुक्रबारदेखि कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

जिल्लाका ५५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने छ । खोप कार्यक्रम जिल्लाको १२ वटै स्थानिय तहमा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय नुवाकोटले सुचना जारी गरेको छ ।

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १७ गते ५० देखि ५४ वर्षका जोनसन एण्ड जोनसन कम्पनीको खोप लगाउने कार्यक्रम सुरु गरिने स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यसअघि नुवाकोटका ६५ वर्षमाथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइसकिएको छ ।





प्रतिक्रिया दिनुहोस्