• २८ माघ २०८१, सोमबार

नुवाकोटमा १ अर्ब ६१ करोड बजेट फ्रिज

नुवाकोट : नुवाकोटमा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये १ अर्ब ६१ करोड बजेट फ्रिज भएको छ ।

संघ र प्रदेश सरकारबाट प्राप्त १५ अर्ब ६९ करोड ५३ लाख २१ हजार रुपैयाँमध्ये १४ अर्व ८० करोड ८ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यलयको अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त रकम मध्ये ८९.७१ प्रतिशत मात्रै खर्च भएको हो । कार्यलयका सुचना अधिकारी युवराज डुम्रेको अनुसार १ अर्व ६१ करोड ४४ लाख ७८ हजार रुपैयाँ फ्रिज भएको छ ।

यस्तै, गत आर्थिक वर्ष नुवाकोटमा संघीय बजेटअन्तर्गत चालूतर्फको ७ अर्व ८४ करोड ८३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ७ अर्व ५५ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फको ४ अर्व ३७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ३ अर्ब ४२ करोड ६४ लाख १ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी डुम्रेले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्