• २१ जेष्ठ २०८३, बिहीबार

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

साउन, २७ काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको बैठक चलिरहेका बेला पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।

प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गर्दै अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार बहन गर्ने गरी तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्