• २६ माघ २०८२, आईतवार

नुवाकोटको छहरे-टोखा खण्डमा सवारी दुर्घटना

नुवाकोट, ३० साउन । नुवाकोटको शिवपुरी गाउँपालिका-८ थानापती काफलडाॅडा छहरे-टोखा खण्डमा शनिवार दिउँसो आइचर दुर्घटना भएको छ ।

बालुवा वोकेर काठमाडौं आउदै गरेको बा.५.ख ९३२ काफलडाॅडा थरिचौतारामा पर्खाल भत्किदा पहिरो संगै आइचर सडकदेखि ५० मिटर तल खसेको स्थानीय बासिन्दा सुन्दर थपलियाले जानकारी गराएका छन ।

गाडीका चालक सहचालक गाडीबाट हाम्फालेर ज्यान जोगाएका छन । आइसर नुवाकोट शिवपुरी ३ कर्जुङ चोकका असमान तामाङ रहेको बुझिएको छ । अहिले नुवाकोट काठमाडौं आउने सडक अवरुद्ध भएको स्थानीय बासिन्दा पशुपति पाण्डेले वताएका छन ।





प्रतिक्रिया दिनुहोस्