• २६ बैशाख २०८२, शुक्रबार

नुवाकोटका प्रजिअ दुलाल र प्रहरी प्रहरी प्रमुखवाटै निषेधाज्ञाको अवज्ञा, चौकी निरीक्षणको बहाना बनाएर मैलुङ्गमा पिकनिकमा सहभागी

सीडीओ जिवन प्रसाद दुलालले शनिवार निषेधाज्ञालाई एउटा कमेडी बनाएका छन्

नुवाकोट, ३१ साउन । देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को महामारीको नियन्त्रणका लागि नुवाकोटमा पनि प्रमुख जिल्ला अधिकारीवाट निषेधाज्ञा जारी गरिएको छ ।

गत बैशाख २१ गते देखि नुवाकोटमा पटक पटक थप गरी निषेधाज्ञा जारी गरिएता पनि हालसम्म जिल्लामा निषेधाज्ञाको प्रभाव देखिएको छैन । नुवाकोटमा निषेधाज्ञाको फितलो कार्यान्वयन गरेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोट र यसका जिम्मेवार पदाधिकारीहरु आफैंले निषेधाज्ञाको धज्जी उडाएका छन्।

नुवाकोटमा निषेधाज्ञाको कार्यन्वयन भएन भन्दा जनता आफैंले बुझ्नुपर्ने कुरा बताउने सीडीओ जिवन प्रसाद दुलालले शनिवार आफैंले निषेधाज्ञालाई एउटा कमेडी बनाएका छन् ।

शनिबार गल्छी- त्रिशुली मैलुङ सडकखण्ड निर्माण आयोजनाका प्रमुख नारायणदत्त भण्डारीको आयोजनामा जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख सीडीओ जिवन प्रसाद दुलाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख लगायतका सुरक्षा निकाय र अन्य कार्यालयका प्रशासनिक व्यक्तिहरु शनिवार सरकारी गाडी चडेर नुवाकोटबाट उत्तर तिर रसुवा जिल्लामा अवस्थित मैलुङमा पिकनिक भोज मनायर फर्कियका छन् ।

सीडीओ जिवन प्रसाद दुलालले आफूहरु किस्पाङको प्रहरी कार्यालय निरीक्षणमा गएको र पिकनिक को गएको थाहा नभएको दावी गरेता पनि विदाको दिन चौकि निरिक्षणको वहानामा मैलुङमा वडा भोजमा सरिक भएको स्थानिय नागरिकहरुले दावी गरेका छन्।

गल्छि त्रिशुली सडक आयोजनामा आयोजना निर्माण भन्दा चाकरी ,चाप्लुसी र रमाईलोमा बिताउने आयोजनाले वर्षामा याममा सडक बिग्रँदा मर्मत गरेर जनताको मन जित्नुको साटो भोज ,भतेर र पिकनिकमा रमाईलो गरेर आफूहरुलाई सास्ती दिएको विदुर नपा १० भैसेंका नाम नबताउने स्थानियले जानकारी दिए ।

आफ्नो निर्देशनको कार्यन्वयन आफैंले गर्न नसकेको र आयोजनालाई चुस्त,दुरुस्त राख्ने जिम्मेवारी पाएका सीडीयो दुलालको वेवास्ताका कारण विभिन्न समयमा पटक पटक विवादमा आइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्