• १० माघ २०८२, शुक्रबार

आखिल क्रान्तिकारी रसुवाको कालिका गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न- अध्यक्षमा घिमिरे

रसुवा, ५ भदौ । आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रसुवाको कालिका गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ ।

शनिबार बसेको पालिका स्तरीय बैठकले अध्यक्षमा आकाश घिमिरेलाई चयन गरेको छ । घिमिरेको अध्यक्षतामा कालिका गाउँपालिकामा २१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरिएको आखिल क्रान्तिकारी रसुवा स्रोतले बागमती प्रेसलाई जानकारी दिएको छ ।

बैठकमा रसुवा जिल्ला अखिल क्रान्तिकारी इन्चार्ज तथा युवा नेता, प्रदिप शर्मा, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्