• २२ मंसिर २०८१, शनिबार

क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने : नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह के.सी.

काठमाडौं, १० भदौ । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ ।

उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह के.सी. ले जानकारी दिनुभयो ।

कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने भनेतापनि अहिलेसम्म क्रियाशील विवरण सार्वजनिक गर्न सकेको छैन् ।





प्रतिक्रिया दिनुहोस्