• १३ असार २०८३, शनिबार

नुवाकोटमा भदौ २० सम्म निषेधाज्ञा थप

नुवाकोट, १० भदौ । नुवाकोटमा भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १० दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । खुकुलो पार्दै निषेधाज्ञा थपिए पनि संक्रमणको जोखिम पुनः बढेको छ ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ । विद्यार्थीको पढाइ भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यमबाट सञ्चालन गर्न प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्