भदौ, १४ काठमाडौं । अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सोमबार बिहान ५:३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केहीबेर अगाडिदेखि सञ्चालनमा आएको हो।
पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए। चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन्।
पहिरोका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो। सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ