• २९ बैशाख २०८२, सोमबार

नुवाकोटको किस्पाङमा एक घर एक धारा

नुवाकोट, १५ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकास्थित वडा नम्बर ३ को ३७ परिवारमा एक घर एक धारा जडान गरिएको छ । उपभोक्ता समिति र किस्पाङ गाउँपालिकाको साझेदारीमा लिभिङ वाटर नेपालले पराङ्थो खानेपानी तथा सरसफाई योजना निर्माण भएको हो ।

करिब १८ लाख लगानीमा सम्पन्न आयोजना सोमबार स्थानीयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बागमती प्रेसलाई बताए ।

उक्त खानेपानी परियोजनाले गाउँपालिकाको १ हजार ८ सय ७१ घर धुरीमा एक घर एक धारा जडान गरिएको छ । एक घर एक धारा जडानसँगै आफुहरु खुशी भएको एक स्थानियले बताए ।

गाउँमा एक घर एक धारा निर्माणको इच्छा आफुमा पहिले देखिनै भएको भएपनि अहिले आफ्रनै नेतृत्वमा पूरा हुँदा खुशी लागेको गाउँपालिका अध्यक्ष्य लामाले बताए । उक्त आयोजना सम्पन्न गर्न विभिन्न संघसंथासँग सहकार्य र समन्वय गरिएको गाउँपालिकाले बताएको छ ।

हाल ५ वटा वडाको १ हजार ८ सय ७१ घर धुरीमा एक घर एक धारा पुर्याइएको र बाँकी परिवारमा पनि सहज रुपले खानेपानीको पहुँच पुर्याउने अध्यक्ष लामाले बताए ।





प्रतिक्रिया दिनुहोस्