• ४ चैत्र २०८१, मंगलवार

पार्किङ गरेको बसको ब्याट्री चोरेकाे अभियाेगमा २ युवा पक्राउ

भदौ, १६ पोखरा । पाेखरामा पार्किङमा राखेकाे बसबाट ब्याट्री चाेरी गरेकाे अभियाेगमा २ युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गाडीमा प्रयोग हुने ठूलो ब्याट्री २ थानसहित पोखरा ९ पृथ्बीचोक वस्ने  २१ वर्षीय मनोज गुरुङ र १८ वर्षीय बिकास गुरुङलाई वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेकाे जनाएकाे छ ।

उनीहरुले पोखरा  १० रंगशाला गेट अगाडि पार्किङ गरी राखेको ना ५ ख २१६९ नं को बसको २ थान ब्याट्री चाेरी गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी टोलीले पोखरा ९ पृथ्बीचोकबाट साेमबार साँझ साढे ७ बजेको समयमा २ थान ब्याट्रीसहित दुबैजनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि  जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्