• २९ बैशाख २०८२, सोमबार

गल्छी-त्रिशुली-मैलुङ सडक आयोजनाको लापरवाही, सडकमा चिप्लिएर महिलाको मृत्यु (भिडियो सहित)

नुवाकोट, २० भदौ । गल्छी त्रिशुली मैलुङ सडकखण्ड अन्तर्गत विदुर-७ को बेत्रावती स्थित सातविसेको मुख्य सडकमा चिप्लिएर शनिबार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।

विगत लामो समयदेखि सडक आयोजना निर्माण कम्पनी तुन्डी एण्ड कन्ट्रक्सनले सडक निर्माणको काम छोडेर वेवारिसे अवस्थामा रहेको सडकपेटी पनि नभएको सडकको छेउबाट हिँड्ने क्रममा कल्भटबाट लडेर खोलामा पुगेर महिलाको घटना स्थलमै मृत्यु भएको एक स्थानीयले बाग्मती प्रेसलाई जानकारी दिए ।

गल्छी त्रिशुली मैलुङ सडक आयोजना कम्पनी तुन्डी कन्ट्रक्सनले समयमा नै आयोजनाको निर्माण कार्य सम्पन्न नगरेको र बेवास्ता गरेकोले मानिसहरुलाई हिँडडुल गर्न पनि असहज भएको र विभिन्न समयमा मानिसहरु लडेर घाइते तथा केही व्यक्तिको त मृत्यु समेत भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

एक स्थानीयले नाम नबताउने सर्तमा बाग्मती प्रेसलाई दिएको जानकारी अनुसार उक्त सडक आयोजनाका प्रमुख नारायण दत्त भण्डारीलाई छोटो भन्दा छिटो सडक निर्माणको काम सक्न स्थानीयले आग्रह गर्दा समेत समयमै काम सम्पन्न नगर्दाको परिणामका कारण घटना घटेको र आयोजना वाट कुनै प्रतिक्रिया नजनाएको बताए ।

स्थानीयले शनिबार भएको घटनाको जिम्मेवारी गल्छी त्रिशुली मैलुङ सडक आयोजना कम्पनी तुन्डी कन्ट्रक्सनले लिनुपर्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्