• २५ भाद्र २०८१, मंगलवार

नुवाकोटमा आखिल क्रान्तिकारी लिखुको प्रथम भेला सम्पन्न, अध्यक्षमा सन्तोष पन्त

नुवाकोट, २० भदौ । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा माओवादी निकट विद्यार्थी संगठन आखिल क्रान्तिकारीको प्रथम भेला सम्पन्न भएको छ ।

लिखु गाउँपालिकाको क्षेत्रपाल माध्यमिक विद्यालय चौघडामा शनिबार भएको भेलाले विद्यार्थी नेता पन्तलाई गाउँपालिका अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अखिल क्रान्तिकारी लिखु गाउँपालिका कमिटीको प्रथम गाउँपालिका भेलाले सन्तोष पन्तको अध्यक्षतामा उन्नाइस सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको नेकपा माओवादी केन्द्र लिखुका नेता विवेक ढकालले बागमती प्रेसलाई जानकारी दिए ।

नेता ढकालले कमिटीमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

पन्त नुवाकोटमा विद्यार्थीको हक हितमा विभिन्न समयमा हुने गरेको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्