नुवाकोट, २३ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ अनुहार थपिएका छन् ।
मन्त्रिपरिषद्मा प्रदीप कटुवाल, रचना खड्का, बद्री मैनाली, विजय सुवेदी, अजयक्रान्ति शक्य, चन्द्र लामा, शान्ति पौडेल, जुनेलीमाया श्रेष्ठ, जीवन खड्का र सरस्वती बाची रहेका छन् ।
उनीहरूको सपथ दिउँसो २ बजेका लागि तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । १० जना मन्त्रीमान नियुक्त भएकाको भए पनि को मन्त्री को र राज्यमन्त्री भन्ने खुलाइएको छैन । स्रोतका अनुसार नियुक्त १० मध्ये पाँच मन्त्री र पाँच राज्यमन्त्री हुने छन् ।
पार्टीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष रहेका सांसदहरू मन्त्री र अरु राज्यमन्त्री हुने गरी मापदण्ड तयार गरिएको छ । यसअघि मुख्यमन्त्री शाक्य र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे रहेका छन् ।