• १३ असार २०८३, शनिबार

नुवाकोटको समुन्द्रटारमा बोलेरो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, चालक फरार

नुवाकोट, २४ भदौ । नुवाकोटको समुन्द्रटारमा बिहीबार बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

राउतबेशीबाट मसेरी बिरामी लिन जाने क्रममा प्र ३ ०१ ०२२ च ५०७१ नम्बरको बोलेरो गाडी झगडे- मसेरी सडकखण्डको डाढ खोला भन्ने ठाउँमा दुर्घटना हुँदा बोलेरोमा सवार मानबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको राउतबेशीका असाई अमरसिंह भुषालले बागमती प्रेसलाई जानकारी दिए ।

बोलेरो सडकबाट करिब ६० मिटर तल खसेर अड्कीएको उनले बताए ।

बोलेरोका चालक माईला भनिने बिजय तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्