नुवाकोट, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादि नुवाकाेटले आउदाे असाेज २ गते जिल्ला भेलाकाे आयाेजना गर्ने भएकाे छ।
नेपाल कम्युनिष्ट पार्टि एमालेमा देखापरेकाे व्यक्तिवादि चरित्र,असंवैधानिक कदम र निरङ्कुसता विरुद्ध पार्टि भित्र संघर्ष गर्दै आएकाे माधव नेपाल समुहले अन्तिम प्रयास गर्दा पनि एकता सम्भव नभएपछि हालै निर्वाचन आयाेगवाट दलकाे मान्यता पाएकाे नेकपा एकीकृत समाजवादिले देशभरि कार्यक्रमकाे आयाेजना गर्दै सङ्गठन निर्माणमा जुटेकाे छ।
यसै क्रममा नुवाकाेटकाे सदरमुकाममा पार्टिका नेता राजेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे आयाेजना गरिएकाे नेकपा एकीकृत समाजवादिका नेता राजेन्द्र प्रकाश लाेहनिले जानकारि दिए।